काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ ।
यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यो निर्णय गरेको हो ।
प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबारका सबै कार्यक्रम रद्ध गर्ने र देशभरका दोहोरो साँझ पनि बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गर्दै २२ वर्षीया गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत बताएको छ ।