काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन वा हरितगृहबाट आफ्नो निजी निवासमा सरेका छन् ।
उपराष्ट्रपति आज दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका छन् ।
उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा निवासको आवश्यक मर्मत र सरसफाइमा सहजीकरण गर्न उपराष्ट्रपति पुन आफ्नो निजी निवासमा सरेको बताए ।
नवनिर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुग्नेछन् ।