Sea Buckthorn Organic Tea
यो क्याफिन फ्री Sea Buckthorn स्वास्थ्यबर्धक पेय, खप्तड अर्गानिक नेपाल को तर्फबाट नेपाली नागरिकहरूको लागि पहिलो उपहार हो जुन चिया अति पोसिलो, ज्यादै स्वादिलो Antioxidant ले भरिपुर्ण Cholesterol लाई कम गर्ने, Anti-inflammatory गुण भएको, छालाको सुन्दरता बढाउने र शरीरको तौल घटाउने आदि अभुतपूर्व गुण भएको पेय पदार्थ हो ।
सि बक्थ्रोन हिमाली भेगमा पाइने अति महत्वपूर्ण अमृत समान गुण भएको फल हो । खप्तड अर्गानिक नेपाल यसको पातको चिया सबैको स्वास्थ्य रक्षाको लगि नेपालको बजारमा ल्याएको छ । यसको फलमा जस्तै पातमा पनि अनेक पोसिला र मानव स्वास्थ्य रक्षा गर्ने Antioxidant र Anti-inflammatory, Anti-Aging तत्व पाइने भएकाले हाम्रो शरीर भित्रको सुजन घटाई Free Radicals लाई Neutralise गर्दछ, जसले गर्दा शरीरलाई निरोगी राख्न र दीर्घरोग (Chronic Inflammatory Disease) मा सुधार ल्याउन ठूलो सहयोग पुग्दछ । साथै फोक्सोमा जमेको कफलाई पनि बाहिर निकाल्न मद्दत गर्दछ ।
सि बक्थ्रोन पातहरू चियाको रूपमा सेवन गर्दा बाथ रोग, दम, पुरानो खोकी, पेटको अल्सर, यूरिक एसिड, छालाका दागहरूका साथै रक्तचापमा पनि सुधार ल्याउँछ र यस्तै अन्य समस्याहरूमा प्रयोग गर्न पनि उपयोगी मानिन्छ । सि बक्थ्रोनका पातहरूमा भिटामिनहरू, एन्टिअक्सिडेन्ट, प्रोटिन बनाउने (एमिनो एसिड), फ्याट्टी एसिड र मिनिरलस्हरू प्रयाप्त मात्रामा प्राप्त हुन्छ । यसले रक्त नलीमा बोसो जम्ने प्रक्रियालाई रोक्छ र रक्त नलीका रोगहरू तथा मुटु र क्यान्सरजन्य रोगहरूको रोकथाम गर्नुको साथै इम्युनिटी पनि बढाउँछ । कलेजोको सुरक्षा गर्न, छालाको सुन्दरता बढाउन अति नै उपयोगी छ र छालामा चाउरी पर्नबाट जोगाई बुढेसकाल छिटो आउन दिदैन । यो Anti-inflammatory भएकोले दम, Arthritis, Uric acid, Piles, Gastritis, Constipation आदिमा ज्यादै उपयोगी छ । यसको सेवनबाट Immune System बलियो हुने भएकोले Autoimmune Disease मा पनि उपयोगी छ ।
सेवन गर्ने तरिका
एक कप चिया बनाउन १-२ ग्रा. यो चियाको पातलाई उम्लिराखेको पानीमा राखी १५-२० सेकेन्ड उमाली त्यसपछि कम्तिमा ३ मिनेट छोपेर राख्ने । यो पहिले स्ट्र कलर (वियर को रङ्ग जस्तो) देखिनेछ, केहीबेरपछि फिक्का गुलाफी रङ्ग र पछि गाढा गुलाफी रङ्गको चिया देख्नु हुनेछ, यो अवस्थामा चिया ज्यादै स्वादिलो र पोसिलो हुन्छ । यो दिनमा ४-५ कप पिउनाले स्वास्थ्य स्वस्थ र सवल हुन्छ । यो चिसो पारेर वा आइस मिलाएर कोल्ड टीको रूपमा पनि पिउन सकिन्छ । यसमा आफ्नो इच्छा अनुसार विभिन्न स्वाद मिलाएर पनि पिउन सकिन्छ ।
सूचना:
सि बक्थ्रोनले रगत पातलो बनाउने र ठुलो मात्रामा दुखाइ कम गर्ने औषधी सेवन गरीराखेका व्यक्तिहरुले आफ्नो चिकित्सकको सल्लाह लिएर मात्र यसको सेवन गर्नुहोला। रक्तचाप धेरै कम भएको व्यक्तिहरूको लागि पनि यो चिया उपयुक्त मानिन्दैन।
थप जानकारीको लागि मोबाइल नंं 9841191579 (Viber/ WhatsApp) मा सम्पर्क गर्नुहोला । साथै हामीलाई हाम्रो आधिकारिक फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नु हुन्छ । https://facebook.com/KhaptadOrganicNepal