धनगढी । अविरल वर्षापछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालसहित धनगढीका क्षेत्र जलमग्न भएका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन् ।
अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा पानी भरिएको छ । वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको हो । त्यस्तै सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन् । जसका कारण आवातजावातमा समस्या भएको छ ।