काठमाडौं । सुदूरपश्चिमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो सुदूरपीश्चमका तराई र पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतले बझाङको तलकोट केन्द्रबिन्दु भएर दिउँसो ३ बजेर ५ मिनेटमा ५.३ म्याग्नेच्युटको भुकम्प गएको जानकारी दिएको छ । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।
सो भूकम्पको झटका भारतको राजधानी नयाँ दिल्लीमा पनि महसुस गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङकाे दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभूत विद्यालयको भवन भत्केको खबर छ । मानवीय क्षति भएकाे जानकारीमा आएको छैन् । विस्तृत विवरण आउन बाँकी छ ।