काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न माग गर्नुभएको छ ।
बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले प्यालेस्टेनी विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूको शव नेपाल ल्याउन र घाइतेको उपचार तथा बेपत्ताको खोजी गरी तत्काल उद्धार गर्न माग गर्नुभयो ।
बैठकमा सांसदहरुले चाडपर्वको समयमा भइरहेको मूल्यवृद्धि र कृत्रिम अभावको अन्त्य गर्नुपर्ने, स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।