काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताउनुभएको छ ।
आज काठमाडौँमा आयोजित कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा महामन्त्री शर्माले देशभित्र राजनीतिक सङ्कटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रूपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले जुनसुकै दल र आस्था भए पनि देशभित्र आर्थिक सङ्कट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एक ठाउँमा आउन आग्रह गर्नुभयो । महामन्त्री शर्माले विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको उल्लेख गर्नुभयो ।