काठमाडौँ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत यसबारे खुलाएका हुन् ।
बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि उनी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा थिए । नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरे पनि अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएपछि उनी अमेरिका जानबाट बञ्चित भएका छन् । सन् २०१९ मा पनि सन्दीप लामिछानेको भिसा अस्वीकृत भएको थियो ।
आगामी जुन १ देखि अमेरिका र वेस्टइन्डिजमा विश्वकप क्रिकेट हुन गइरहेको छ। त्यसको लागि नेपाली क्रिकेट टोली त्यहाँ पुगिसकेको छ ।