काठमाडौँ । कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तार अलपत्र छोडेर जनतालाई धुलो र कष्ट दिएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई काम अघि बढाउन दबाब दिन धुलो उपहार पठाउनु भएको छ ।
सडक डिभिजन कार्यालय र सडक विभागको गेटअगाडि धुलो थुपारिदिएको सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत जनाउनुभएको हो ।
मेयर बालेन शाहले मन्त्रालयकै कारणले महानगरले अकारण नै गाली खानुपरेको भन्दै तत्काल समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । जबसम्म यसको काम अगाडि बढ्दैन तबसम्म महानगरले मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो पठाउने पनि जनाउनुभएको छ ।