राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले आज (आइतबार) निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पदाधिकारी हेरफेर गर्ने बैठकलाई अवैधानिक भन्दै उनले त्यसले गरेका निर्णयहरू पनि गैरकानुनी भन्दै बदरको मागसहित निर्वाचन आयोगमा उनले निवेदन दिएका हुन् ।
‘संविधानको धारा २६९ (४) र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८(२) अनुसार मलाई पार्टीले गरेको कारबाही अवैधानिक छ ।
कारबाही अवैधानिक भएकाले मेरो हस्ताक्षरबिना पार्र्टीका निर्णय अद्यावधिक गर्न आए नगर्नु त्यो अवैधानिक छ भनेर निवेदन दिएको छु’, उनले भने ।
रास्वपाको केन्द्रीय समितिको बैठकले गत असार २५ गते डा ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र र पार्टीहितविपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको भन्दै पदमुक्त गरेको थियो ।



