काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज आइतबार मनाइँदै छ ।
रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आज भोटो देखाइने भएको हो ।
भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्याइनेछ । परम्परा अनुसार रातो मस्त्येन्द्रनाथलूई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरयण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।
भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन छ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्र प्रमुखका रुपमा जात्रामा सहभागी हुनुहुने छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।
भोटो जात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।