आज वि.सं. २०८२ साल पौष १२ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ डिसेम्बर २७ तारिख, नेपाल संवत् ११४६, सिद्धार्थी संवत्सर, दक्षिणायनं, शिशिर ऋतु, श्रीशाके १९४७, पौष शुक्लपक्ष, सप्तमी तिथी, बिहान ९ः१ बजेपछि अष्टमी, नक्षत्र–उत्तराभाद्रपदा, आनन्दादिमा–धुम्र योग, चन्द्रराशि–मीन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नीति–नियम पालना नगर्दा दण्डको जोखिम रहनेछ । आम्दानी कम हुँदा आर्थिक अवस्था कमजोर रहन सक्छ । सम्पत्ति हराउने, प्रेममा अविश्वास बढ्ने संकेत छन् । परिश्रमअनुसार फल नआउन सक्छ, स्वास्थ्यमा ध्यान आवश्यक छ । विदेशी व्यापार तथा विदेशमा काम–अध्ययन गर्नेलाई समय अनुकूल रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन, अनुसन्धान र प्रविधिको प्रयोगबाट उत्कृष्ट नतिजा प्राप्त हुने समय छ । पैतृक धनमार्फत व्यवसाय विस्तार र रोजगारी सिर्जना सम्भव छ । प्रेम र पारिवारिक सहयोग बलियो रहनेछ । मेहनतको राम्रो फल, आम्दानी वृद्धि र थोरै लगानीबाट नाफा उठ्ने योग देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उच्च व्यक्तित्वसँग मित्रता बढ्ने र अवसरको सदुपयोगबाट सफलता मिल्ने समय छ । राजनीति, समाजसेवा, नोकरी तथा व्यवसायमा सहयोग र पद–प्रतिष्ठा प्राप्ति सम्भव छ । अध्ययनमा उत्कृष्ट नतिजा, प्रेम र पारिवारिक खुसी बढ्नेछ । मेहनतले नाम, दाम र इनाम दिलाउने योग देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खोज–अनुसन्धान र धार्मिक यात्राको योग छ । आफन्तको सहयोगले मन प्रसन्न रहनेछ । प्रेम र पारिवारिक सुख बढ्नेछ । विलासिता तथा निर्माण सामग्रीमा लगानीबाट फाइदा मिल्नेछ । नयाँ काम सोचविचारपछि अघि बढाउँदा दाम, प्रतिष्ठा र जिम्मेवारी प्राप्त हुने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सवारी चलाउँदा सावधानी आवश्यक छ । मेहनतअनुसार आम्दानी नहुँदा मन खिन्न रहनेछ । स्वास्थ्य, खानपान र गोपनीयतामा ध्यान दिनुहोला । पढाइ र व्यवसायमा समय नदिँदा पछि परिने योग छ । प्रेम, पारिवारिक र आर्थिक पक्षमा धैर्य र सचेत निर्णय आवश्यक देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जीवनसाथी र प्रियजनको सहयोगले उपलब्धिमूलक काम सम्पन्न हुने समय छ । व्यापार व्यवसाय विस्तार भई आम्दानी बढ्नेछ भने यात्राको योग पनि छ । अध्ययन, अनुसन्धान र प्रेम–मित्रता सुदृढ रहनेछ । मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने संकेत देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा लगानी बढाई आम्दानीका नयाँ स्रोत सिर्जना गर्न सकिनेछ । स्वास्थ्यमा सुधार भई पुराना समस्या हट्नेछन् । अध्ययन र कार्यक्षेत्रमा उत्कृष्ट उपलब्धि मिल्नेछ । प्रेम र सामाजिक सम्बन्ध सुदृढ हुनेछन् । प्रविधि र परिश्रमको सही प्रयोगले लाभ, प्रतिष्ठा र प्रतिस्पर्धामा सफलता दिलाउने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा रुचि बढ्ने र लामो यात्रा सम्भव छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ भने प्रेम र पारिवारिक सम्बन्ध सुदृढ हुने योग छ । सन्तानको प्रगतिले खुशी दिनेछ । स्वास्थ्यमा केही कमजोरी देखिए पनि गुरुजनको मार्गदर्शन र निरन्तर मेहनतले प्रतिष्ठा र भविष्यका लागि फाइदाजनक काम सम्पन्न हुने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राजनीति र सामाजिक कार्यमा आलोचना र विरोध बढ्ने भएकाले सचेत रहनु आवश्यक छ । सम्पत्ति र सवारी प्रयोगमा सावधानी अपनाउनुहोला । स्वास्थ्यमा आहारविहारको प्रभाव पर्न सक्छ । घरेलु असमझदारी देखिए पनि कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ । सामाजिक कार्यले हौसला र सहयोग जुटाउने संकेत छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार, अध्ययन र अनुसन्धानमा सफलता मिल्नेछ। विदेश वा लामो यात्रा अवसर प्रदान गर्नेछ। माया प्रेम र दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वास्थ्यमा सजगता आवश्यक छ। लगानीले लाभ दिलाउनेछ। सामाजिक सम्बन्ध, मित्रता र सहयोगले काम फस्टाउनेछ। उपलब्धि, प्रतिष्ठा र आर्थिक फाइदा हात लाग्नेछ। नयाँ अवसर र जिम्मेवारी आए पनि मिहिनेतले सफलता दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोली र व्यवहारमा मिठास आएर काम सहज हुनेछ। गीत-संगीत र भोजनसम्बन्धी व्यवसायबाट आम्दानी बढ्नेछ। माया प्रेम र पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको बौद्धिक विकास हुनेछ। योजनाबद्ध काम गर्दा सफलता मिल्नेछ। सहयोगीहरूले उत्साह दिनेछन्। व्यापार र लगानीबाट दिगो लाभ हुनेछ। शुभ समाचारले मन प्रफुल्लित बनाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा सुधारले अग्रपंक्तिमा पुर्याउनेछ। परिवारसँग जमघट र स्वादिष्ट भोजनको अवसर हुनेछ। मेहनत र जुझारूपनले लक्ष्य सजिलै पूरा हुनेछ। व्यवसाय फस्टाउने र आम्दानी बढ्नेछ। राजनीति तथा व्यापारमा पद र फाइदा मिल्ने योग छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवनसाथीद्वारा उपहार प्राप्त हुनेछ। अध्ययन र मेहनतले बौद्धिक र व्यावसायिक क्षेत्र फराकिलो बनाउनेछ।



