गोरखा । गोरखामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय आज स्थापना गरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखा नगरपालिका–६ स्थित जिल्ला समन्वय समितिको कार्यालय भवनमा स्थापना गरिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको गोरखामा मुख्य निर्वाचन अधिकृतमा विष्णुप्रसाद गौतम र क्षेत्र नं २ मा मोहनप्रसाद बेलवासेलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ ।



