काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले पाएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रवक्ताको जिम्मेवारी आफूलाई दिइएको जानकारी दिए ।
यसअघि सरकारको प्रवक्ताको भूमिकामा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएपछि उक्त स्थान रिक्त रहेको थियो।



