काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज समुह चरणको अन्तिम खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ ।
टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ ।
समुह बी मा रहेको नेपालले यसअघि खेलेका ३ खेलमा २ अंकसहित समुहमा चौथो स्थानमा रहेको छ । नेपालले आज स्कटल्याण्डलाई पराजित गर्नुपर्ने दबाबमा रहेको छ । सुपर सिक्समा स्थान बनाउन नेपालका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । त्यस्तै यसअघि २ खेलमा जित हासिल गरेको स्कटल्याण्ड राम्रो रनरेटसहित दोस्रो स्थानमा रहेको छ र जितले उसलाई सुपर सिक्समा पुर्याउने छ ।



