काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ ।
नेपालका लागि यो खेल नतिजाका आधारमा डेड रबरअर्थात् प्रतियोगिताको समीकरणमा प्रभाव नपार्ने खेल भए पनि भावना र रेकर्डका हिसाबले निकै महत्त्वपूर्ण छ । सन् २०१४ को विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराएयता नेपालले विश्वकपको मञ्चमा जितको स्वाद चाख्न पाएको छैन । आजको खेल जितेर नेपाल १२ वर्षको त्यो खडेरी तोड्दै सुखद अन्त्य गर्न चाहन्छ ।
टोलीको अवस्था :
-
नेपाल: अघिल्ला ३ खेलमा लगातार हार व्यहोर्दै बाहिरिसकेको छ । ब्याटिङमा देखिएको अस्थिरता नेपालका लागि मुख्य चुनौती बनेको छ ।
-
स्कटल्याण्ड : ३ खेलमा १ जित र २ हारसहित स्कटल्याण्ड पनि सुपर ८ को दौडबाट बाहिरिएको छ।
नेपालको सम्भावित प्लेइङ-११ :
| क्रम | खेलाडीको नाम | भूमिका |
| १ | रोहित पौडेल | कप्तान |
| २ | आसिफ शेख | विकेटकिपर/ब्याटर |
| ३ | कुशल भुर्तेल | प्रारम्भिक ब्याटर |
| ४ | दीपेन्द्र सिंह ऐरी | अलराउन्डर |
| ५ | आरिफ शेख | ब्याटर |
| ६ | लोकेश बम | ब्याटर |
| ७ | बसिर अहमद | अलराउन्डर |
| ८ | सोमपाल कामी | तीव्र गतिका बलर |
| ९ | सन्दीप लामिछाने | स्पिनर |
| १० | नन्दन यादव | तीव्र गतिका बलर |
| ११ | शेर मल्ल | स्पिनर |



