सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगर्ने चालकहरूबाट माघ महिनामा ९ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा कुल १ हजार २२ जना सवारी चालक कारबाहीमा परेका थिए । सवारी नियमको उल्लंघन गर्नेहरूलाई गरिएको कारबाहीबाट सो रकम सङ्कलन भएको हो ।
प्रवक्ता बुढ्थापाले दिएको जानकारी अनुसार सोही अवधिमा जिल्लामा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र ३ महिला रहेका छन् । दुर्घटनामा परी अन्य २३ जना गम्भीर घाइते भएका छन् भने ६१ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।



