काठमाडौँ, १० फागुन । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
दिउँसोको अवस्था:
-
तराई: बिहानको समयमा हुस्सु लाग्नेछ भने दिउँसो मौसम मुख्यतया सफा रहनेछ।
-
पहाड र हिमाल: हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका उच्च पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का हिमपात हुन सक्छ।
रातिको अवस्था:
-
तराई: केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ।
-
हिमाल: कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



