नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का भारतसँग जोडिएका सबै सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
निर्वाचनको समयमा हुन सक्ने घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गरी स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न प्रशासनले यस्तो निर्णय लिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सीमा नाकाहरू फागुन १८ गतेदेखि फागुन २१ गते राति १२ बजेसम्म पूर्ण रूपमा बन्द रहनेछन्। यस अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण आवतजावतलाई रोक लगाइनेछ।
निर्वाचन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती र निगरानी समेत बढाइएको छ।



