काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूका लागि आज परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ।
संसदीय दलको कार्यालयका अनुसार उक्त कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयमा सुरु हुनेछ। कार्यक्रममा हाल कार्यरत सांसदहरू र माघ ११ गते सम्पन्न निर्वाचनबाट नयाँ चुनिएका माननीय सदस्यहरूबीच परिचय तथा आगामी संसदीय भूमिकाबारे छलफल हुने जनाइएको छ।
नवनिर्वाचित सदस्यहरूको नामावली
- कोशी प्रदेश: सुनिलबहादुर थापा
- मधेश प्रदेश: धर्मेन्द्र पासवान र रञ्जित कर्ण
- बागमती प्रदेश: गीता देवकोटा
- गण्डकी प्रदेश: जगत तिमिल्सिना
- लुम्बिनी प्रदेश: बासुदेव जङ्गली र चन्द्रबहादुर केसी
- कर्णाली प्रदेश: ललितजंग शाही
- सुदूरपश्चिम प्रदेश: खम्मबहादुर खाती
यस पटकको निर्वाचनसँगै राष्ट्रिय सभामा नेपाली कांग्रेस २५ सांसदसहित सबैभन्दा ठुलो दल बनेको छ। सदनमा आफ्नो शक्ति बढेसँगै पार्टीले संसदीय भूमिकालाई थप प्रभावकारी बनाउन आफ्ना सदस्यहरूबीच यो अन्तरक्रिया गर्न लागेको हो।



