काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले बढेको छ। मंगलबार प्रतितोला ३ लाख १७ हजार रूपैयाँमा कारोबार भएको सुन आज ३ लाख १९ हजार रूपैयाँ कायम भएको छ ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घका अनुसार आज चाँदी मंगलबारकै मूल्य प्रतितोला ५,७२० रूपैयाँमा कारोबार भइरहेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा उच्च वृद्धि देखिएको व्यवसायीहरूले बताएका छन् ।



