काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा नेकपा एमालेकी नेतृ विद्या भट्टराईले कम्युनिस्ट पार्टीहरू आफ्नै दर्शन र सिद्धान्तअनुसार सञ्चालन हुन नसकेकैले आजको राजनीतिक अवस्था सिर्जना भएको बताएकी छन्।
भट्टराईका अनुसार कम्युनिस्ट आन्दोलन सैद्धान्तिक रूपमा परिवर्तनको पक्षधर मानिए पनि व्यवहारमा पार्टीहरू त्यो मान्यताबाट टाढा रहे। दर्शन, सिद्धान्त र आदर्शलाई व्यवहारमा उतार्न नसक्नु नै प्रमुख कमजोरी रह्यो।
उनले सबै पक्षलाई रचनात्मक संवादमा सहभागी हुन र विगतका कार्यशैली तथा व्यवहारगत कमजोरीको इमानदार समीक्षा गर्न आग्रह गरेकी छन्।
नेतृ भट्टराई यस पटकको निर्वाचनमा उम्मेदवार बनेकी थिइनन् ।



