काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घटे पनि चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासङ्घले नेपालमा दैनिक विनिमय दर निर्धारण गर्ने गर्दछ ।



