काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दलले संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारका कामकारबाहीमाथि निरन्तर प्रश्न उठाउने बताएका छन् ।
नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोहमा सहभागी हुन सिंहदरबार पुगेका अध्यक्ष साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनताका मुद्दालाई सदनमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार श्रम संस्कृति पार्टीले सरकारका सकारात्मक कार्यको समर्थन गर्नेछ भने जनविरोधी निर्णयहरूमा खबरदारी गर्नेछ । साम्पाङले भने , “हामी प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्छौं र जनताको आवाज संसदमा बुलन्द पार्छौं । सरकारले राम्रो काम गर्नुपर्छ , त्यस्तो अवस्थामा हाम्रो साथ रहनेछ ।”
उनले आफूले नेपाली भाषामा शपथ लिने र आफ्नो पार्टीका अन्य सांसदहरूले आ-आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने जानकारी समेत दिए ।



