काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) नयाँ प्रधानमन्त्री बनेका छन् ।
नवनियुक्त प्रधानमन्त्रीले आजै मध्यान्ह १२ बजेर ३४ मिनेटमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
यसैबीच , रास्वपाले नयाँ मन्त्रिमण्डलको खाका पनि तयार पारेको छ । जसअनुसार सुदन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने निश्चित भएको छ । शिशिर खनाललाई परराष्ट्र , प्रतिभा रावललाई सामान्य प्रशासन , सोबिता गौतमलाई कानुन र डा. अमरेश कुमार सिंहलाई उद्योग मन्त्रालयको कार्यभार सुम्पिने तयारी छ ।
त्यसैगरी , भौतिक पूर्वाधारमा सुनिल लम्साल , उर्जामा विराज भक्त श्रेष्ठ , स्वास्थ्यमा निशा मेहता र महिला , बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सीता वादी रहनेछन् । पर्यटन मन्त्रालय गणेश पौडेल , शिक्षा सस्मित पोखरेल , सञ्चार विक्रम तिमल्सिना , श्रम दिपक शाह र कृषि मन्त्रालय गीता चौधरीले सम्हाल्ने गरी नाम टुंगो लागेको छ । सभामुखको पदमा भने रास्वपा उपसभापति डिपी अर्याललाई अघि सार्ने विषयमा प्रधानमन्त्री शाह र सभापति रवि लामिछानेबीच सहमति जुटेको बताइएको छ ।



