काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा अन्य पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईको उपस्थिति रहे पनि ओली भने देखिएनन् । पारिवारिक शोकका कारण उनी समारोहमा उपस्थित हुन नसकेका हुन् । पिता मोहनप्रसाद ओलीको निधनपछि क्रियापुत्रीका रूपमा रहेका ओलीले आफू आउन नसक्ने जानकारी पहिले नै राष्ट्रपतिको कार्यालयलाई गराएका थिए ।
यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हाल वैदेशिक भ्रमणमा रहेकाले शपथ ग्रहणमा सहभागी हुन सकेनन् । कांग्रेसका अर्का नेता गगन थापा पनि उक्त समारोहमा अनुपस्थित रहेका थिए ।



