काठमाडौँ । लुम्बिनी प्रदेशसकी एमाले सांसद रेखा शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । शर्माका श्रीमान् चिन्तामणि शर्माका अनुसार प्रहरीले उनलाई धुम्बराहीस्थित आफ्नै निवासबाटै नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
सांसद शर्मामाथि एक बालिकालाई लामो समयदेखि घरमा राखेर बालश्रम गराएको गम्भीर आरोप लागेको छ । केही समयअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट ती बालिकाको उद्धार गरेपछि यो विषय सार्वजनिक भएको थियो ।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरे पनि २०८१ जेठ ३० गते नै जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध किटानी जाहेरी दर्ता भइसकेको थियो । सोही प्रकरणमा थप अनुसन्धानका लागि उनलाई अहिले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



