काठमाडौँ । नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।
यसका कारण लुम्बिनी र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ । गण्डकी प्रदेशका पहाडी इलाकाका केही स्थानमा भने अहिले हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश र देशका अन्य पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना छ । तराईका भूभागमा भने आंशिक बदली रहने देखिन्छ । कोशी प्रदेशसहित देशका विभिन्न पहाडी र हिमाली भेगका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वाअनुमान गरिएको छ ।
रातीको समयमा कोशी प्रदेश र देशका हिमाली भूभागमा बदली रहनेछ भने तराईको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।



