काठमाडौँ । नेकपा एमालेको महत्त्वपूर्ण सांगठनिक तथा समसामयिक राजनीतिक विषयहरूमा निर्णय लिन सचिवालय बैठक सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही समयअघि मात्रै यो छलफल सुरु भएको हो । बैठकमा विशेषगरी पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सिर्जित परिस्थिति र त्यसको विरोधमा भइरहेका आन्दोलनका कार्यक्रमहरूका विषयमा समीक्षा हुने बुझिएको छ ।
साथै, संसदीय दलको नेता चयन गर्ने प्रक्रिया र त्यसका लागि आवश्यक तयारीका बारेमा समेत सचिवालय सदस्यहरूबीच घनीभूत छलफल हुने कार्यतालिका रहेको छ ।



