काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार कारोबार सुरु भएदेखि नै बहुमूल्य धातुको भाउमा ठूलो उतारचढाव देखिएको हो ।
सोमबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रूपैयाँले बढेर २ लाख ९० हजार २ सय रूपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको भाउमा पनि उल्लेख्य वृद्धि भएको छ । सोमबार प्रतितोला ४ हजार ७ सय रूपैयाँमा कारोबार भएको चाँदी आज १ सय ४५ रूपैयाँले बढेर ४ हजार ८ सय ४५ रूपैयाँ पुगेको महासङ्घले जनाएको छ ।



