काठमाडौँ । पहुँच र शक्तिको भरमा सुगम क्षेत्रका अस्पतालहरूमा काज मिलाएर बसिरहेका विशेषज्ञ चिकित्सकहरू अब अनिवार्य रूपमा आफ्नो दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ ।
देशभरिको स्वास्थ्य सेवामा सन्तुलन कायम गर्न र दुर्गम भेगमा देखिएको विशेषज्ञ डाक्टरहरूको अभावलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कदम चालेको हो ।
स्वास्थ्यमन्त्री निशा मेहताको सक्रियतासँगै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको वास्तविक दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको छ ।



