काठमाडौँ । नेकपा (एमाले) ले आफ्ना उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभामा व्यक्त गरेको धारणाबारे औपचारिक छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे यो बैठक बस्ने तय भएको हो ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा नेता बादलले राख्नुभएको विचार पार्टीको आधिकारिक नीति र स्थापित मान्यतासँग बाझिएको भन्दै एमालेभित्र चासो बढेपछि आकस्मिक रूपमा यो बैठक बस्न लागेको बुझिएको छ ।
बैठकमा उक्त विवादित अभिव्यक्तिबाहेक मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य समसामयिक विषयमा समेत समीक्षा हुने नेताहरूले बताएका छन् ।



