काठमाडौँ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमाथि गृहकार्य गर्न नेपाली कांग्रेसले एक विशेष समिति गठन गरेको छ ।
पार्टीले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सरकारद्वारा गठित आयोगको प्रतिवेदन अध्ययन गरी सुझाव दिन यो टोली परिचालन गरिएको हो ।
केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार समितिमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन् ।
उक्त समितिलाई प्रतिवेदनको मिहिन अध्ययन गरी सात दिनभित्र आफ्नो राय र सल्लाहसहितको प्रतिवेदन पार्टीमा पेस गर्ने जिम्मेवारी तोकिएको छ ।



