काठमाडौँ । प्रतिनिधिसभाको नेतृत्व सम्हाल्न डोलप्रसाद (डीपी) अर्यालले औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेका छन् ।
आइतबार शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
संसद्को आजै बसेको बैठकले अर्याललाई निर्विरोध रूपमा सभामुख चयन गरेको थियो ।
उनी निर्वाचित भएको घोषणा भए लगत्तै शपथ ग्रहणको प्रक्रिया अगाडि बढाइएको हो । समारोहमा राज्यका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।



