काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव परिरहेको छ ।
यसका कारण सुदूरपश्चिम लगायत देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने अन्य क्षेत्रको मौसम भने सफा रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका केही स्थानहरूका साथै लुम्बिनी, बागमती र कोशी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो पहाडी र हिमाली भू-भागमा बदली रहने तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । रातीको समयमा भने हिमाली भेगमा बादल लागे पनि तराई क्षेत्रको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानमा राती पनि हल्का वर्षा र हिमपात हुनसक्ने देखिएको छ ।



