काठमाडौँ । प्रतिनिधि सभाले नयाँ उपसभामुख चयनका लागि निर्वाचनको मिति तय गरेको छ ।
सभामुख डिपी अर्यालले आगामी चैत्र २७ गते शुक्रबारका लागि उपसभामुखको निर्वाचन तोकेका हुन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा यस बारे जानकारी दिँदै सभामुख अर्यालले निर्वाचन प्रक्रिया अघि बढाउन सचिवालयलाई आवश्यक निर्देशन समेत दिएका छन् । उनले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई आजै निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न आदेश दिएका हुन् ।
नेपालको संविधानको व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक-फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ । हाल सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुरुष प्रतिनिधि निर्वाचित भइसकेकाले अब हुने उपसभामुखको निर्वाचनमा अन्य दलबाट महिला उम्मेदवार हुनुपर्नेछ । सोही संवैधानिक बाध्यताका बीच अब राजनीतिक दलहरूले उपसभामुखको उम्मेदवारी दर्ता गर्ने तयारी थालेका छन् ।



