काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक अनुशासन र पछिल्ला घटनाक्रमबारे छलफल गर्न केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ ।
आगामी वैशाख २ गते बुधबार बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी यो बैठक तय गरिएको हो ।
पार्टीका नेता पूर्णबहादुर खड्काले पुनः कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति सार्वजनिक गरेपछि उब्जिएको विवादका बीच यो बैठक बोलाइएको बुझिएको छ । यसअघि पनि खड्काले सोही हैसियतमा वक्तव्य जारी गर्दा अनुशासन समितिले उनलाई सचेत गराइसकेको थियो ।
कार्यवाहक जिम्मेवारीको विषयलाई लिएर पार्टीभित्र मतभेद बढ्दै जाँदा अनुशासन समितिले यस विषयलाई गम्भीरतापूर्वक लिएको देखिन्छ ।



