काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई बेथिति र समस्याहरूको खिल फाल्ने समयको रूपमा चित्रण गरेका छन् ।
नयाँ वर्ष २०८१ को अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गर्दै उनले राजनीतिक र सामाजिक सुधारका क्रममा आउने चुनौतीलाई संकेत गरेका हुन् ।
सुधारको प्रक्रिया सहज नहुने र यसले पीडा दिन सक्ने उल्लेख गर्दै उनले त्यो कष्ट सहन सक्ने सामर्थ्य सबैमा होस् भन्ने कामना गरे ।
लामिछानेले आफ्नो सन्देशमा परिवर्तनका लागि गरिने प्रयासहरू कष्टकर भए पनि त्यो आवश्यक रहेको भाव व्यक्त गरेका छन् ।



