Khaptad Organic Nepal

काठमाडौँ । मुलुकको मौसमी प्रणालीमा अहिले स्थानीय र पश्चिमी वायुको संयुक्त असर देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यतिबेला देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने तराईका भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसँगै लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली इलाकामा आकाश बादलले ढाक्ने सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा भने आज निकै गर्मी बढ्ने र तातो हावा चल्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकीका केही ठाउँहरू तथा मधेश लगायत अन्य पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ ।

यसैगरी रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदलीकै अवस्था रहनेछ । देशका अन्य पहाडी क्षेत्रमा आंशिक बादल लागे पनि तराईमा भने मौसम खुला रहनेछ । राति कोशी, मधेश, बागमती र गण्डकीका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।