Khaptad Organic Nepal

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बस्नुभएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले कार्यभार सम्हालेकै दिनदेखि लागु हुने गरी उहाँ बिदामा बस्नुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले न्यायाधीश मल्ल बिदामा बसेको कुरालाई पुष्टि गर्नुभएको छ ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि २०८२ चैत १८ गतेदेखि मल्लले कायममुकायम प्रधानन्यायाधीशको रूपमा सर्वोच्च अदालतको नेतृत्व गरिरहनुभएको थियो । तर, गएको वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले रोलक्रममा पछि रहेका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश बनाउने सिफारिश गरेपछि उहाँ असन्तुष्ट रहँदै आउनुभएको थियो ।

संसदीय सुनुवाइ समितिले द्रुत प्रक्रिया (फास्ट ट्र्याक) बाट सुनुवाइ टुङ्ग्याएपछि नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माको नियुक्ति र पदबहाली हिजो एकैदिन भएको थियो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।