Khaptad Organic Nepal

गलकोट (बागलुङ) । बागलुङको धौलागिरी प्रादेशिक अस्पतालमा विषालु सर्पले टोकेर गम्भीर अवस्थामा पुगेका एक वृद्धको सफल उपचार गरिएको छ ।

निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान घरमै सर्पले टोकेको थियो । सर्पको टोकाइबाट बेहोस भएका उनलाई परिवारले तत्काल अस्पताल पुर्‍याएका थिए । अस्पतालमा उपलब्ध विशेषज्ञ चिकित्सक र एन्टिस्नेक भेनम सहितको टोलीले विकको ज्यान जोगाउन सफल भएको हो ।

अस्पताललाई सर्पदंश उपचार केन्द्रका रूपमा स्तरउन्नति गरिएपछि यस्तो जटिल प्रकृतिको उपचार गरिएको यो पहिलो पटक हो । यसअघि अस्पतालमा सर्पदंशका बिरामी आए पनि प्राथमिक उपचारपछि अन्यत्र रेफर गर्ने गरिएको थियो । बागलुङमै यो सेवा प्रभावकारी रूपमा सुरु भएपछि अब स्थानीयले समयमै उपचार पाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । उपचारपछि निको भएका विकलाई अस्पतालले घर पठाउने तयारी गरेको छ ।

अस्पताल प्रशासनले सर्पले टोकेमा धामीझाँक्री वा घरेलु उपचारमा समय खेर नफाली सिधै अस्पताल आउन सर्वसाधारणलाई अपिल समेत गरेको छ । (रासस)

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।