Khaptad Organic Nepal

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिटो सार्वजनिक भएसँगै यो वर्ष कक्षा ११ को नयाँ शैक्षिक सत्र पनि अगाडि नै सुरु हुने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी असार १ गतेदेखि नै कक्षा ११ को पठनपाठन सञ्चालन गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई परिपत्र गरेको छ ।

शैक्षिक सत्र २०८२ को एसईई नतिजा प्रकाशन भइसकेकाले असारको पहिलो हप्ताबाटै नियमित कक्षा सुरु गर्न केन्द्रले निर्देशन दिएको हो । विगतका वर्षहरूमा एसईईको नतिजा आउन झन्डै तीन महिना लाग्ने र साउन महिनापछि मात्रै कक्षा ११ को पढाइ सुरु हुने प्रचलन थियो । यस पटक भने परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गरेपछि पठनपाठनको तालिका पनि एक महिना अगाडि सरेको हो । यस्तै, यो वर्षको एसईई ग्रेडवृद्धि परीक्षा पनि आगामी असार १ गतेदेखि नै सञ्चालन हुने तय भएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।