Khaptad Organic Nepal

काठमाडौँ । मलेसियाविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले सानदार जित दर्ता गरेको छ ।

शुक्रबार भएको प्रतिस्पर्धामा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले हराउँदै लगातार दोस्रो सफलता हात पारेको हो । मलेसियाले प्रस्तुत गरेको ८२ रनको सामान्य लक्ष्यलाई नेपालले १६ ओभरमा मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्‍यो । नेपाललाई जित दिलाउन सम्झना खड्काले अविजित ३९ रनको महत्त्वपूर्ण इनिङ खेलिन् भने कविता कुँवरले १९ रनको योगदान दिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सकेको थियो ।

यसअघि बुधबार भएको पहिलो खेलमा पनि नेपाल २ विकेटले विजयी भएको थियो । यो शृङ्खला लगत्तै नेपाली टोलीले मे २५ देखि एशियन गेम्स क्वालिफायर्स र जुन ३ देखि एसीसी वुमन्स प्रिमियर कप खेल्ने तालिका रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।