Khaptad Organic Nepal

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा अहिले तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभाव देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुसँगै पूर्वी भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र सक्रिय रहेको छ । यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा बदली भएको छ । मधेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराईका बाँकी क्षेत्रमा भने मौसम सफा छ । हाल कोशी र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा बागमतीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदलीको अवस्था रहने अनुमान गरिएको छ । यस्तै मधेशसहित अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली हुने देखिन्छ भने तराईका बाँकी भू-भागमा घाम लाग्नेछ । यसै क्रममा कोशी, बागमती र गण्डकीका केही ठाउँहरू तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यही समयमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भेगमा अत्यधिक गर्मी हुने र तराई क्षेत्रमा तातो हावाको लहर (लू) चल्न सक्ने विभागले जनाएको छ । ।

आज रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ । देशका बाँकी पहाडी इलाकामा आंशिक बदली हुँदा तराईका अन्य क्षेत्रमा मौसम सफा रहनेछ । राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।