Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न भू-भागमा अहिले मनसुनीसँगै पश्चिमी र स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ ।

हाल कोशी, मधेस र बागमती प्रदेशसहित गण्डकीका केही र लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय छ । देशका अन्य बाँकी हिस्सामा भने पश्चिमी र स्थानीय वायुको आंशिक असर रहेको मौसमविद्ले जनाएका छन् ।

अहिले देशभरका पहाडी तथा हिमाली भेगमा साधारणतया बदलीको अवस्था छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशको तराई र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहने सम्भावना छ । मधेस, बागमती र गण्डकी प्रदेशका मैदानी भू-भागमा आंशिक बदली हुने देखिन्छ भने लुम्बिनी र सुदूरपश्चिमको तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । हिमाली र पहाडी भेगका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यसका साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थान र बागमती तथा गण्डकीको तराईका एक-दुई स्थानमा पानी पर्ने देखिन्छ ।

मौसम विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो हावा (लू) चल्ने सम्भावना छ । बागमती र गण्डकीको तराईमा पनि तापक्रम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ ।

आज राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्र, कोशीको तराई र मधेस प्रदेशमा साधारणतया बदली रहनेछ । अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहँदा लुम्बिनी र सुदूरपश्चिमको तराईमा भने मौसम सफा रहनेछ । रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना कायमै रहने महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।