Khaptad Organic Nepal

काठमाडौँ । नेपालमा अहिले सक्रिय रहेको मनसुनी वायुका कारण देशभरि नै मौसममा बदली आएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक सरेकाले विभिन्न स्थानमा वर्षा भइरहेको हो । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभरि नै बादल लाग्ने र हिमाली क्षेत्रमा हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भेगका अधिकांश स्थान र तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्र तथा लुम्बिनीको तराई भेगका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी आज राति पनि मौसम सफा हुने छैन । देशभर साधारणतया बादल लागिरहने छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् । लगातारको झरी र भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।