Khaptad Organic Nepal

काठमाडौँ । मुलुकका सातवटा विश्वविद्यालयहरूले नयाँ नेतृत्व पाएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा सात विश्वविद्यालयमा नयाँ उपकुलपतिहरू नियुक्त गरेका हुन् ।

यो नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा डा भोला थापा चयन भएका छन् । त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट र मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल उपकुलपति बनेका छन् । अन्य विश्वविद्यालयतर्फ कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टालाई उपकुलपति पदमा नियुक्त गरिएको छ ।

नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले आजै मन्त्रालयमा नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।

यस पटक उपकुलपतिहरूको चयन खुला प्रतिस्पर्धाका आधारमा गरिएको हो । योग्य उम्मेदवार सिफारिस गर्नका लागि शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा एउटा समिति गठन गरिएको थियो, जसले विज्ञहरूको नेतृत्वमा उपसमिति बनाएर छनोट प्रक्रिया टुङ्ग्याएको हो ।

सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठवटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदका लागि आवेदन माग गरेको थालनी स्वरूप ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक यो एकीकृत छनोट प्रक्रिया अपनाइएको हो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।