Khaptad Organic Nepal

काठमाडौँ । देशैभर मनसुनी वायुको सक्रियता कायम रहँदा आगामी २४ घण्टाभित्र पहाडी तथा तराईका धेरैजसो भू-भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपासमा अवस्थित रहेको छ ।

दिउँसोको समयमा देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक रूपमा बादल लाग्ने अनुमान गरिएको छ । बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रका एकाध स्थानमा भारी वर्षाको जोखिम रहेको छ । यसैगरी कोशी, बागमती र कर्णालीका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती र गण्डकीका तराई भू-भागका थोरै स्थान र बाँकी प्रदेशका तराई भेगका एक-दुई स्थानमा पनि चट्याङ्ग पर्नुका साथै वर्षाको सम्भावना दर्शाइएको छ ।

रातिको समयमा पनि देशभर साधारणतया बदली नै रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै छ । यसैगरी हिमाली तथा पहाडी भेगका केही स्थान र तराईका थोरै क्षेत्रहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।