काठमाडौँ । फुटबल मैदानका चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले पितृशोकमा परेका लियोनल मेसीलाई ढाडस दिँदै समवेदना प्रकट गरेका छन् ।
अर्जेन्टिनी स्टार मेसीका पिता जर्ज मेसीको साउन २३ गते ६८ वर्षको उमेरमा निधन भएको थियो ।
दुःखद घडीमा साथ दर्शाउँदै पोर्चुगिज कप्तान रोनाल्डोले मेसी र उनका परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् । रोनाल्डोले सामाजिक सञ्जालमार्फत मेसीलाई बलियो रहन आग्रह गर्दै यस कठिन समयमा आफू र आफ्नो परिवारको माया साथमा रहेको उल्लेख गरेका छन् ।
मैदानभित्र प्रतिस्पर्धी भए पनि दुःखको समयमा पोर्चुगलका स्टारले देखाएको यो आत्मीयतालाई खेलकुद जगतमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

