काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले मुलुकका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बादल लाग्नेछ । पहाडी भू-भागका धेरैजसो स्थान तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, हिमाली भेगका केही स्थानमा हिमपातको समेत आकलन गरिएको छ । विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

